झापा ।झापाको दमक नगरपालिका–७ स्थित पशुहाट डाँडामा पूर्व–पश्चिम लोकमार्गमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिका–४ का ३६ वर्षीय मिलन थापा रहेका छन्।


प्रहरीका अनुसार, जेठ २१ गते राति पूर्व–पश्चिम लोकमार्गमा मे. १ ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।


दुर्घटनामा गम्भीर घाइते भएका थापाको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय दमकले दुर्घटनामा संलग्न बस र बसका चालक गौरादह नगरपालिका–४ निवासी ३२ वर्षीय सरकार टुडुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।





Views: 232