Aamsanchar

सानो केर्खामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्रका नायब निरीक्षकको मृत्यु

Author Image
आइतवार, जेठ २६, २०८२

झापा  – पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका- ३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल ९बीओपी०मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१-०२-००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते राजवंशीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर