Aamsanchar

बायर्नले जित्यो जर्मन कपको उपाधि

Author Image
आइतवार, जेठ १०, २०८३

काठमाडौं – स्टुटगार्टविरुद्ध ३–० को सहज जित निकाल्दै बायर्न म्युनिखले जर्मन कप (डीएफबी पोकल) को उपाधि उचालेको छ । यससँगै बायर्न ६ वर्षपछि एकै सिजन दुई घरेलु उपाधि जित्न सफल भएको छ । यसअघि टोली टोली जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको थियो ।

शनिबार सम्पन्न फाइनलमा बायर्नलाई जित दिलाउन ह्यारी केनले ह्याट्रिक गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४औँ मिनेटमा केनले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ७९औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
केनले इन्जुरी समयमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे ।

बायर्न २१औँ पटक जर्मन कपको च्याम्पियन बनेको हो । टोलीले पछिल्लो पटक सन् २०२० मा यो उपाधि जितेको थियो ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर