Aamsanchar

एक बर्षमा नेपालबाट चार अर्ब ५९ करोडको चिया निर्यात

Author Image
बुधवार, जेठ १३, २०८३

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी छिन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बिभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री कुमारीले चिया निर्यातमा देखिएको समस्या हालका लागि समाधान भइसकेको भन्दै यसको दीर्घकालीन रुपमा नै समाधान गर्न कूटनीतिक पहल भइरहेको बताएकी हुन् । यसका लागि भारत सरकारलाई पत्राचार गरिएको, चिया व्यवसायीसँग छलफल गरिएको तथा भारतस्थित नेपाली दूतावासमार्फत निरन्तर समन्वय गरिरहेको उनले बताइन् ।

उनले हाल नेपालमा वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको र १८ जिल्लामा २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको बताइन् । आर्थिक वर्ष २०८१ /८२ मा नेपालबाट चार अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा ८० देखि ९० प्रतिशत निर्यात भारततर्फ हुने गरेको उनले बताइन् ।

Views: 36

प्रतिक्रिया (०)

सम्बन्धित खबर
ह्वात्तै घट्यो सुनको भाउ
बिहिवार, जेठ १४, २०८३
आज सुनचाँदीको मूल्य
मङ्गलवार, जेठ १२, २०८३