Aamsanchar

एकै दिन गौतम अडानीको सम्पति ८४५ अर्ब वृद्धि

Author Image
बुधवार, जेठ १३, २०८३

भारत –  गौतम अडानीको सम्पत्ति एकै दिनमा भारु ८४५ अर्बले बढेको छ । जसले विश्वका अरबपतिहरूको सूचीमा ठूलो हलचल ल्याएको छ ।
यस वर्ष विश्वका शीर्ष–१० बढी कमाइ गर्ने अरबपतिहरूमध्ये एलन मस्क पछि लैरी पेज रहेका छन् । उनको सम्पत्तिमा ५८.१ अर्ब डलरको वृद्धि भएको छ । अडानीको कुल सम्पत्ति अहिले ११७ अर्ब डलर पुगेको छ । अर्कोतर्फ मुकेश अम्बानीको सम्पत्ति पनि ८९.१ अर्ब डलर पुगेको छ ।

विश्वका धनी व्यक्तिहरूको सूचीमा ठूलो फेरबदल देखिएको छ । मंगलबार अडानी समूहका कम्पनीहरूको शेयरमा आएको तीव्र वृद्धिका कारण अडानीको सम्पत्तिमा एकै दिन ८.८५ अर्ब डलर अर्थात् करिब भारु ८४,५०० करोडको वृद्धि भएको हो ।

 

यसैबीच, अर्बपति सूचकाङ्कको शीर्ष–१० धनीहरूको सूचीमा पनि परिवर्तन आएको छ । लैरी एरिसन अब विश्वका पाँचौं धनी व्यक्ति बनेका छन् । उनले मार्क जुकरबर्गलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । शीर्ष–१० अरबपतिहरूको सूचीमा स्टिभ बाल्मरले पुनः प्रवेश गरेका छन् । उनले जिम वाल्टनलाई सूचीबाट बाहिर पारेका हुन् ।

अर्कोतर्फ, मुकेश अम्बानीको सम्पत्तिमा मंगलबार १९५ मिलियन डलरको वृद्धि भएको छ । सन् २०२६ मा हालसम्म सबैभन्दा बढी सम्पत्ति बढाउने व्यक्तिमा एलन मस्क अग्रस्थानमा छन् । उनको सम्पत्तिमा यस वर्ष मात्र ११४ अर्ब डलर थपिएको छ र कुल सम्पत्ति ७३३ अर्ब डलर पुगेको छ । दोस्रो स्थानमा ल्यारी पेज छन्, जसको सम्पत्तिमा ५९.३ अर्ब डलर वृद्धि भएर ३२८ अर्ब डलर पुगेको छ ।

तेस्रो धनी सर्गेइ बिनले यस वर्ष ५४.९ अर्ब डलर कमाएका छन् र उनको कुल सम्पत्ति ३०५ अर्ब डलर पुगेको छ । माइकल डेलको सम्पत्तिमा ५१.७ अर्ब डलर वृद्धि भएर १९२ अर्ब डलर पुगेको छ । डेभिड सनको सम्पत्तिमा ४७.५ अर्ब डलरको वृद्धि भएको छ र उनको कुल सम्पत्ति ७८.६ अर्ब डलर पुगेको छ । गौतम अडानीको सम्पत्ति पनि यस वर्ष ३३ अर्ब डलरले बढेर ११७ अर्ब डलर पुगेको छ ।

विश्वका शीर्ष–१० धनी व्यक्तिहरूको सूची :

१। एलन मस्क-७३३ अर्ब डलर
२। ल्यारी पेज – ३२८ अर्ब डलर
३। सर्गेई ब्रिन- ३०५ अर्ब डलर
४। जेफ बेजोस- २८४ अर्ब डलर
५। ल्यारी एलिसन- २४८ अर्ब डलर
६। मार्क जुकरबर्ग-२१८ अर्ब डलर
७। माइकल डेल- १९२ अर्ब डलर
८। जेन्सेन हुआङ — १७८ अर्ब डलर
९। बर्नार्ड अर्नो – १६० अर्ब डलर
१०। स्टिभ बाल्मर- १४७ अर्ब डलर
स्रोतः Bloomberg Billionaires Index

Views: 60

प्रतिक्रिया (०)