Aamsanchar

बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते

Author Image
शुक्रवार, जेठ २२, २०८३

चितवन –  चितवनको माडी नगरपालिका–९ रातोमाटे डाँडा क्षेत्रमा माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल बाघसँग ठोक्किँदा चालक घाइते भएका छन्।

घाइते हुनेमा जिल्ला पर्सा ठोरी गाउँपालिका–१ निवासी अन्दाजी ४० वर्षीय अजित कुँवर रहेका छन्। दुर्घटनामा उनको बायाँ पाखुरा र टाउकोमा चोट लागेको छ।

घाइतेलाई स्वास्थ्य चौकी चोकबजार, ठोरीमा सामान्य उपचार गरे पश्चात् थप उपचारका लागि वीरगन्ज पठाइएको छ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर