
झापा – सुनसरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनोद चौधरी छन् ।
सुनरामधुनी नगरपालिका–२ तित्रिवनस्थित सडकमा बिग्रेर रोकी राखेको को १ ख ५१२८ नम्बरको टिपरमा झुम्काबाट इनरूवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल ठक्कर खाई गएराति दुर्घटना हुँदा २९ वर्षीय चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Views: 183


