Aamsanchar

६ लाख बाँदर मार्नुपर्ने ध्रुवराज राईकाे भनाइ

Author Image
सोमवार, जेठ २५, २०८३

काठमाडौँ – श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसान मारमा परेको उल्लेख गर्दै ६ लाख बाँदर मार्नुपर्ने बताएका छन्।

संसद भवन परिसरमा पत्रकारसँग कुराकानी गर्दै उनले बाँदरले बालीनाली सखाप पारेका कारण किसानको समस्या समाधान गर्न यो कठोर कदम आवश्यक रहेको जिकिर गरे।

६०० वटा बाँदर मारेको आरोपका सम्बन्धमा सोधिएको प्रश्नमा सांसद राईले आफूले प्रत्यक्ष रूपमा हत्या नगरेको तर जनताले बाँदर मार्दा आफूले त्यस कार्यमा सहयोग गरेको स्वीकार गरे।
पशु अधिकारकर्मीहरूले जनावरको अधिकारका विषयमा गरिरहेको विरोधप्रति लक्षित गर्दै उनले व्यवहारिक समस्या बुझ्न आग्रह गरे।

एनिमल लभर्सहरू माइतीघरमा बसेर आन्दोलन गरिरहेको तर वास्तविक समस्या किसानको मकैबारी र अलैँची घारीमा रहेको उनको तर्क छ। सांसद राईले आफू कुनै पनि कानूनी कारबाही वा जेल जान नडराउनेसमेत स्पष्ट पारे।

उनले विगतमा व्यवस्था परिवर्तनका लागि लडेका मानिसहरू उजुरीको भरमा नडराउने बताए। बाँदर संरक्षणको वकालत गर्नेहरूलाई गाउँका मकैबारीमा गएर किसानको अवस्था बुझ्न उनले चुनौतीसमेत दिए।

Views: 40

प्रतिक्रिया (०)