
काठमाडौं – नेपालले एसियन गेम्स छनोट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा नेपालले हंगकंगलाई १९ रनले ( डीएलएस ) मेथडमा पराजित गर्दै उपाधि जितेको हो।
सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
नेपालका लागि कुशल भुर्तेल ६५को योगदान दिँदा आसिफ शेख शून्यमा आएट भए। रोहित पौडेल ३५ र कप्तान दीपेन्द्रसिंह ऐरीले ९ रनमा अविजित रहे।

काठमाडौं स् नेपालले एसियन गेम्स छनोट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा नेपालले हंगकंगलाई १९ रनले ( डीएलएस ) मेथडमा पराजित गर्दै उपाधि जितेको हो।
सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११।३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
नेपालका लागि कुशल भुर्तेल ६५को योगदान दिँदा आसिफ शेख शून्यमा आएट भए। रोहित पौडेल ३५ र कप्तान दीपेन्द्रसिंह ऐरीले ९ रनमा अविजित रहे।
हङ्कङका लागि अशुङ्मन रथले सर्वाधिक ८० रनको योगदान दिए । उनले ४५ बलमा छ चौका र छ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन् । त्यस्तै सहिद वासिफले २८ बलमा सात चौका र तीन छक्काका साथ ५५ रन बनाउँदै आउट भए भने शिव माथुरले २१ बलमा २६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए । त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे । नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता हङ्कङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको हो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् ।
यसैबीच, दीपेन्द्र सिंह ऐरीले आफ्नो ट्वान्टी-२० अन्तरराष्ट्रिय ‘करियर’मा आजकै खेलमार्फत १०० खेल पूरा गरेका छन् । सन् २०१८ जुलाई २९ तारिखमा नेदरल्याण्ड्सविरुद्ध लण्डनको लड्समा पहिलो ट्वान्टी(२० आई खेलेका उनले आज भएको हङ्कङविरुद्धको खेलमा १०० खेल पूरा गरेका हुन् ।


