Aamsanchar

कर्णालीका आठ जिल्लामा रास्वपाको नयाँ नेतृत्व चयन

Author Image
बुधवार, जेठ २७, २०८३

सुर्खेत –  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले कर्णाली प्रदेशमा पहिलोपटक जिल्ला सम्मेलनमार्फत आठ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । रास्वपाले आइतबारदेखि कर्णालीका नौ जिल्लामा जिल्ला अधिवेशन आयोजना गरेको थियो । डोल्पामा भने रास्वपाले महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने भएको छ ।

कर्णालीका १० दुई जिल्लामा निर्वाचनमार्फत र ६ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । मुगुमा अधिवेशन प्रक्रिया जारी रहेको रास्वपाले जनाएको छ ।

रास्वपा सुर्खेतको सभापतिमा रमेशकुमार सापकोटा सभापति भए । पार्टीको पहिलो जिल्ला भेलादेखि नेतृत्व सम्हाल्दै आएका उनी दोस्रो कार्यकालका लागि सभापति बनेका हुन् । सापकोटा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत–२ बाट निर्वाचित सांसद हुन् । सभापतिमा चुनिए पनि सुर्खेतमा अन्य पदाधिकारी चयन भएका छैनन् ।

हुम्लामा लक्ष्मण ऐडीको नेतृत्वमा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बोहरा, सहसचिवमा तीर्थराज बुढा र कोषाध्यक्षमा कमन शाही चयन भएका छन् । सदस्यहरूमा नरेन्द्र बुढा, सुरेश बुढा, बाँचे बुढा र अस्मिता बुढा रहेका छन् ।

जुम्लाको सभापतिमा मक्करबहादुर भण्डारी तथा उपसभापतिमा सुनिलबहादुर रोकाय चयन भए । सचिवमा जगबहादुर खत्री, सहसचिवमा दानबहादुर बुढा तथा सदस्यमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भए ।

जाजरकोटमा महेश सिंह पुनको नेतृत्वमा २० सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । उपसभापतिमा प्रकाशकुमार कार्की, सचिवमा कर्णप्रसाद जैसी, सहसचिवमा इन्द्रजित शाही र कोषाध्यक्षमा प्रमोदजंग शाह चयन भए ।

कालीकोटमा प्रेमबहादुर केसी पुनः सभापतिमा बन्दा उपसभापतिमा दिनेशबहादुर शाही, सचिवमा भुपेन्द्रजंग शाही र सहसचिवमा जीवनबहादुर शाही चयन भएका छन् । सदस्यमा पवित्रा जैसी र कलशा शाही रहेका छन् ।

सल्यानमा प्रकाश नेपाली सभापतिमा दोहोरिएका छन् । उपसभापतिमा टिकाराम केसी, सचिवमा श्रीकान्त राई, सहसचिवमा हिरा योगी तथा कोषाध्यक्षमा सीता मल्ल चयन भए ।

रास्वपाले दैलेख र रुकुमपश्चिममा निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ ।

दैलेखको सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा गणेश शाही, सचिवमा रमेश केसी र सहसचिवमा रामबहादुर शाही निर्वाचित भए ।

रुकुमपश्चिममा द्रोण खड्का सभापतिमा निर्वाचित हुँदा उपसभापतिमा रिमप्रसाद शर्मा, सचिवमा दीपेन्द्रराज विष्ट तथा सहसचिवमा प्रेम बाँठा मगर निर्वाचित भए ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर