Aamsanchar

अस्ट्रेलियाबाट बिर्तामोडसम्म : ‘कङ्गारू मोबाइल जोन’को यात्रा, वनस्टप मलमा एप्पल ब्राण्डको भव्य सोरुम

Author Image
आइतवार, जेठ ३१, २०८३

बिर्तामोड । अस्ट्रेलियामा सात वर्षदेखि सफल रूपमा मोबाइल व्यवसाय सञ्चालन गर्दै आएका झापाका युवा दम्पती स्मृति ढकाल र अरूण उप्रेतीले आफ्नो अनुभव र सीपलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यसहित बिर्तामोडमा ‘कङ्गारू मोबाइल जोन’ सञ्चालनमा ल्याएका छन्।

बिर्तामोडस्थित वनस्टप मलमा आगामी असार ३ गतेदेखि सञ्चालनमा आउने उक्त सोरुमलाई एप्पल ब्राण्डका उत्पादनसहित आधुनिक र अन्तर्राष्ट्रिय स्तरको मोबाइल सेवा केन्द्रका रूपमा विकास गरिएको सञ्चालकले बताएका छन्।

अस्ट्रेलियाका विभिन्न सहरमा १६ वटा स्टलमार्फत सेवा विस्तार गरिसकेको ‘कङ्गारू मोबाइल जोन’ले अब नेपालमा पनि उस्तै गुणस्तरीय, भरपर्दो र ग्राहकमैत्री सेवा दिने लक्ष्य राखेको छ।

सञ्चालक अरूण उप्रेतीका अनुसार अस्ट्रेलियामा व्यवसाय सञ्चालनका क्रममा हासिल गरेको अनुभवलाई नेपालमा प्रयोग गर्दै आधुनिक मोबाइल सेवा संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको छ। “हाम्रो लक्ष्य केवल मोबाइल बिक्री मात्र होइन, ग्राहकलाई विश्वासिलो सेवा दिनु र युवालाई सीप विकाससँग जोड्नु पनि हो,” उनले भने।

सञ्चालिका स्मृति ढकालले विदेशमा सिकेको व्यावसायिक ज्ञान र सीपलाई मातृभूमिमा उपयोग गर्न पाउँदा उत्साहित रहेको बताइन्। उनले बिर्तामोडलाई पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा हेर्दै यहाँबाट दीर्घकालीन सेवा विस्तारको योजना रहेको जानकारी दिइन्।

उनका अनुसार ‘कङ्गारू मोबाइल जोन’मा नयाँ तथा ब्रान्डेड मोबाइल फोन, ग्यारेन्टीसहितका प्रयोग गरिएका मोबाइल, ब्रान्डेड मोबाइल एक्सेसरिज, मोबाइल मर्मत सेवा तथा प्राविधिक तालिम उपलब्ध हुनेछ। ग्राहकलाई सहज र सुलभ मूल्यमा सेवा प्रदान गर्ने नीति कम्पनीले लिएको छ।

मोबाइल व्यवसायसँगै युवालाई सीपमूलक तालिम प्रदान गर्ने योजना समेत रहेको सञ्चालकद्वयको भनाइ छ। विदेश जान चाहने तथा स्वदेशमै मोबाइल प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवालाई व्यवहारिक ज्ञान र प्राविधिक सीप प्रदान गरिने उनीहरूले बताएका छन्।

अस्ट्रेलियामा स्थापित ब्राण्डको शाखाका रूपमा बिर्तामोडमा खुलेको ‘कङ्गारू मोबाइल जोन’ले आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय अनुभव र ग्राहकमैत्री सेवाको संयोजनमार्फत पूर्वी नेपालका मोबाइल प्रयोगकर्तालाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर