Aamsanchar

नेपालमा राजसंस्था पुन:स्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दुर्गा प्रसाईंको दाबी

Author Image
आइतवार, जेठ ३१, २०८३

काठमाडौँ  –  नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनस्स्थापना नभई देश र जनताले सुख र शान्ति नपाउने दाबी गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा प्रसाईले राजसंस्था फर्काउन र गद्धीमा राख्नका लागि धवलशमशेर राणासँग आफूले मिलेर नयाँ पार्टी खोल्ने निर्णय गरेको बताए। उनले आफूहरुले हिन्दु अधिराष्ट्र कायम गर्ने संकल्प पनि लिएको बताए।

‘नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्’, उनले भने, ‘यही होइन हाम्रो उद्देश्य रु जुन दिन राजा गद्धीमा बस्नु हुन्छ, राजसंस्था फर्किन्छ र राजा गद्धीमा बस्छन नि!’

संयोजक प्रसाईंले नेता राणा र आफूबीच लक्ष्यसहितको सहकार्य भएकाले बिचमा फाटो आउन अवस्था नरहेको पनि बताए।

Views: 25

प्रतिक्रिया (०)