Aamsanchar

सुस्ता क्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपको विरोधमा माइतीघरमा प्रदर्शन

Author Image
आइतवार, जेठ ३१, २०८३

काठमाडौँ  –  वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सुस्ता क्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ।

आइतवार दिउँसो आयोजित उक्त विरोध कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रहित विपरीत भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

केही समयअघि संसद्‌मा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले पनि कतिपय क्षेत्रमा भारतीय भूमि मिचेको हुनसक्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

सोही सन्दर्भलाई लिएर विद्यार्थीले सुस्तामा भइरहेको भारतीय पक्षको ज्यादती र साम्राज्यवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘कमजोर राष्ट्रहरूमाथि साम्राज्यवादी हस्तक्षेप बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’ र ‘विद्यार्थी एकता जिन्दावाद’ जस्ता नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि विद्यार्थीहरू एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन्।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर