
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले डोजर चलाएर बेघरबार बनाएका सुकुमवासीलाई उनीहरू बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले डोजर आतंकबाट विस्थापित भएका सुकुमवासीहरूले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको टिप्पणी गरे। साम्पाङले उनीहरूलाई राहत दिने र पुनर्वासको तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराए।
‘अहिले कीर्तिपुरलगायतका राखिएका होल्डिङ सेन्टरहरूमा खाना, पानीको अभाव भएर त्यहाँ नेपाली नागरिकहरू नै हुुनुहुन्छ पक्कै पनि। मैले उहाँहरुले आन्दोलन गरिरहेका दृश्य हामीले देखिरहेका छौँ’, उनले भने, त्यसतर्फ सरकारको तत्काल ध्यानाकर्षण होस्। राहत दिने ठाउँमा राहत र व्यवस्थित गर्नुपर्ने ठाउँमा व्यवस्थित लाग्नुपर्दछ पुनर्वासको व्यवस्था होस्। र मेरो माग के छ भने उहाँहरू जहाँ हुनुहुन्थ्यो, त्यही एउटा राम्रो सिटी प्लान गरेर पुनर्वास गराउँदा सरकारको नै वाहवाही हुने थियो।’

अध्यक्ष राईले शहर व्यवस्थापनका लागि विनियोजन गरेको बजेट सुकुम्बासीहरुको पुनर्वासका लागि खर्च गर्न सरकारलाई सुझाव पनि दिए।


