Aamsanchar

यसै हप्ताभित्र कक्षा-१२ को नतिजा प्रकाशन गर्ने तयारी

Author Image
बिहिवार, असार ४, २०८३

काठमाडौं  – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा-१२) को नतिजा यही हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ। बोर्डले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालले यही हप्ताभित्र नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको जानकारी दिइन्।

‘कक्षा १२ को नतिजा प्रकाशनको काम अब अन्तिम चरणमा पुगेको छ,यही हप्ताभित्र प्रकाशित गर्नेगरी काम भइरहेको छ,केही प्राविधिक समस्या नआए नतिजा प्रकाशित हुन्छ’, उनले भनिन्।

सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ। यो वर्षको कक्षा-१२ परीक्षा वैशाख १४ गतेदेखि २७ गतेसम्म भएको थियो।

बोर्डका अनुसार देशभरका ४ लाख १८ हजार बढी परीक्षार्थी सहभागी भएका थिए।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर