Aamsanchar

ह्वात्तै घट्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि गिरावट

Author Image
शुक्रवार, असार ५, २०८३

काठमाण्डौ – हप्ताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा १० हजार ५०० रुपैयाँले घट्दै तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको ४ हजार ९४५ रुपैयाँ थियो।

Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
आइतवार, असार ७, २०८३
सुनचाँदीको मूल्य
बिहिवार, असार ४, २०८३
आज सुनचाँदीको भाउ
बुधवार, असार ३, २०८३