
बिर्तामोड । पिसिएस प्रोडक्सनको आयोजनामा सम्पन्न ‘मिस्टर एण्ड मिस मेचीनगर–२०२६’ तथा ‘मिस्टर एण्ड मिस मेचीनगर जुनियर–२०२६’ प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई सम्मानित गरेको छ।
सिनियरतर्फ इनिश राया ‘मिस्टर मेचीनगर–२०२६’ र प्रसुक्षया हुमागाईं ‘मिस मेचीनगर–२०२६’ घोषित भए। सुदीप्ति राई प्रथम रनरअप तथा आयुष राई द्वितीय रनरअप बने। ‘भोटिङ स्टार अवार्ड’ रिहाना लिम्बुले र ‘पब्लिक च्वाइस अवार्ड’ प्रसुक्षया हुमागाईंले प्राप्त गरिन्।
जुनियरतर्फ दियान घिमिरे ‘मिस्टर मेचीनगर जुनियर–२०२६’ र दिव्या थापा ‘मिस मेचीनगर जुनियर–२०२६’ घोषित भए। सहिना गुरुङ प्रथम रनरअप तथा सोनिया भारती द्वितीय रनरअप बने। ‘भोटिङ स्टार अवार्ड’ दिव्या थापा र ‘पब्लिक च्वाइस अवार्ड’ सहिना गुरुङले जिते।

एक महिनासम्म सञ्चालन गरिएको प्रशिक्षणमा व्यक्तित्व विकास, नेतृत्व, वक्तृत्वकला, अभिनय, नृत्य, र्याम्प वाकलगायतका विभिन्न सीपमूलक प्रशिक्षण समावेश गरिएको थियो। विजेताहरूलाई नगद पुरस्कार, स्मार्टफोन, साइकल, छात्रवृत्ति, क्राउन र ट्रफीसहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
पिसिएस प्रोडक्सनले कार्यक्रममार्फत युवायुवती तथा बालबालिकाको प्रतिभा उजागर गर्दै आगामी ‘रोयल झापा सिजन–३’ र ‘सुपर लिटल प्रिन्स एण्ड प्रिन्सेस’ प्रतियोगिताका लागि दर्तासमेत खुला गरेको जनाएको छ।



