Aamsanchar

मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी

Author Image
मङ्गलवार, असार ९, २०८३

काठमाडौं – सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मंगलबार राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै शिक्षासचिव चुडामणि पौडेलले उक्त जानकारी गराएका हुन् ।

उनले मेडिकल शिक्षा अध्ययनका लागि नेपालमा आउन चाहने विदेशी विद्यार्थीको सबैभन्दा बढी आकर्षण भएकाले उनीहरूका लागि कोटा थप गर्ने नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको स्पष्ट पारे ।

नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीका लागि विद्यार्थी भिसामा सहजीकरण गर्ने विषयमा गृह मन्त्रालयसँग कुरा भइरहेको जानकारी दिए ।

विशेषगरी विदेशी विद्यार्थीहरूका सबैभन्दा बढी आकर्षण मेडिकल शिक्षामा देखिएको छ । मेडिकल शिक्षामा विदेशी विद्यार्थीहरूको कोटा बढाउन सकिन्छ भन्ने हिसाबले नीतिगत रूपमा निर्णय गर्ने हिसाबले सरकार अगाडि बढिरहेको छ,’ उनले भने

सचिव पौडेलका अनुसार, करिब एक हजार ४०० विभिन्न मुलुकका विद्यार्थीले नेपालको विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् । तीमध्ये सबैभन्दा बढी आकर्षण भने मेडिकल शिक्षामा रहेको उनले बताए ।

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर