Aamsanchar

प्राधिकरणले भारत र बंगलादेशलाई बिजुली बिक्री गर्न थाल्यो

Author Image
बिहिवार, असार ११, २०८३

काठमाडौं  –  नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशलाई बिजुली बिक्री गर्न थालेको छ । प्राधिकरणले दैनिक करिब ६५० मेगावाट बिजुली बिक्री गर्ने गरेको छ ।

बिहीबार प्राधिकरणले ६२० मेगावाट बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिरहेको जनाएको छ । यो दैनिक घटबढ हुने गर्छ ।

वर्षायाम सुरु भएसँगै प्राधिकरणले बढी भएको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको हो । हाल बंगलादेशतर्फ पाँच महिनाको लागि ४० मेगावाट र बाँकी बिजुली भारतीय बजारमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले दैनिक आईइएक्स तथा मध्यकालीन सम्झौतामार्फत बिजुली बिक्री गरिरहेको छ । हाल प्राधिकरणलाई भारत र बंगलादेश गरी १२ सय मेगावाट बिजुली बिक्रीको अनुमति छ ।

 

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर