Aamsanchar

रामकुमारी झाँक्रीले भनिन् : ‘एक्सप्रेस वे’ मा चलेको सरकार दुर्घटनाको नजिक छ

Author Image
शुक्रवार, असार १२, २०८३

काठमाडौं  –  नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै झाँक्रीले आफ्नो पार्टीको नेतालाई लागेको फौजदारी अभियोग सरकारले फिर्ता लिने काम गरेको र एक जनाको बयानका भरमा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले आफूसँग प्रतिस्पर्धी राजनीतिक दलहरूका नेतालाई चुप लाग्ने बनाउनका लागि बङ्गलादेश र पाकिस्तानको मोडलको अभ्यास गर्न खोजिएको तर्क गरिन् । सोधपुछका लागि जहिले पनि उपलब्ध हुनसक्ने मान्छेलाई पक्राउ गर्ने काम उचित नभएको उनको भनाइ छ ।

 

त्यस्तै उनले एक्सप्रेस वेमा चलेको सरकारले एकमाथि अर्को गलत काम गरेको भन्दै सरकार दुर्घटनाको नजिक रहेको टिप्पणी समेत गरिन् । त्यसै गरी झाँक्रीले भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि न्यायिक छानबिन आयोग गर्न समेत माग गरिन् ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर