Aamsanchar

असार १५ सम्ममा झापामा ७ प्रतिशत मात्र रोपाइँ

Author Image
सोमवार, असार १५, २०८३

झापा- २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ मनाइँरहदा झापामा पनि मनाईएको छ ।

झापामा पनि सोमबार विभिन्न संघसंस्था तथा कृषि निकायले रोपाइँ र दही–चिउरा खाने कार्यक्रम आयोजना गरेर धान दिवस मनाएका छन् । यस वर्ष आधा असार बित्न लाग्दासमेत झापामा धान रोपाइँको गति सुस्त रहेको पाईएको छ ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार आइतबारसम्म जिल्लाको कुल खेतीयोग्य धान क्षेत्रफल मध्ये केवल ७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । देशभर ११ प्रतिशत भन्दाबढि रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार झापामा गत वर्ष यो समयमा १५ प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष त्यसको आधामात्र भएको छ । अब रोपाइँ बढ्ने अनुमान गरिएको उहाँलेबताउनुभयो । चैते खेती गर्ने क्रम बढेकाले वर्षे खेती ढिला भएको हुनसक्ने पनि जनाईएको छ ।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर