चारपाने । झापाको अर्जुनधारा नगरपालिका–५ चारपानेमा करिब ७ करोड रुपैयाँको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न ‘तुल फिटनेस’ सञ्चालनमा आएको छ।
करिब पाँच कठ्ठा क्षेत्रफलमा स्थापना गरिएको फिटनेस सेन्टरमा अन्तर्राष्ट्रिय स्तरका आधुनिक जिम तथा फिटनेस उपकरण जडान गरिएको सञ्चालकले जानकारी दिएका छन्। उनका अनुसार नेपालमै पहिलो पटक यस स्तरका अत्याधुनिक फिटनेस उपकरण एकै स्थानमा सञ्चालनमा ल्याइएको दाबी गरिएको छ।
फिटनेस सेन्टरमा एकैपटक करिब १०० जनाले एरोबिक्स, जुम्बा, जिम, बक्सिङ लगायतका विभिन्न फिटनेस गतिविधिमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। साथै, अनुभवी तथा दक्ष प्रशिक्षकमार्फत व्यावसायिक प्रशिक्षण प्रदान गरिने जनाइएको छ।
तुल फिटनेसका सञ्चालक तुल श्रेष्ठ मिस्टर पूर्वाञ्चलका विजेता, मिस्टर नेपालका प्रतिस्पर्धी तथा धर्मश्री प्रतियोगिताका सहभागी खेलाडी हुन्। उनी अन्तर्राष्ट्रिय स्तरका प्रमाणित फिटनेस प्रशिक्षकसमेत रहेका छन्।

सञ्चालक श्रेष्ठले आधुनिक उपकरण, गुणस्तरीय प्रशिक्षण र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ तुल फिटनेस सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार फिटनेस सेन्टरले शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्यप्रति सचेत जीवनशैली अपनाउन समुदायलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।



