Aamsanchar

मन्त्रीहरूलाई सवारीसाधनका रूपमा साइकलको व्यवस्था गरिनुपर्छ :विष्णुबहादुर विश्वकर्मा

Author Image
बिहिवार, असार १८, २०८३

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य विष्णुबहादुर विश्वकर्माले मन्त्रीहरूलाई सवारीसाधनका रूपमा साइकलको व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेका छन् । सरकारले अर्बौं रुपैयाँको गाडी खरिद गर्न लागेको समाचार बाहिर आएको भन्दै उनले त्यसनिम्ति साइकल उपयुक्त हुने जिकिर गरे ।

बिहीबार (असार १८) राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद विश्वकर्माले अर्बौंको गाडी जलाएर खरानी बनाइएको बताए । फेरि अर्बौंको गाडी खरिद गर्ने तयारी गरिएको भन्दै उनले आपत्ति जनाए ।

नागरिक सिटामोल खान नपाएर मर्नु पर्ने अवस्था रहेका बेला सरकारले सुखसयल र मनोरञ्जनका निम्ति गाडी खरिद गर्न लागेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।

Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर