Aamsanchar

सम्बन्धमा रहँदा महिलासँग खिचेका नग्न तस्वीर, भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्ने पक्राउ

Author Image
बिहिवार, असार १८, २०८३

काठमाडौं – सम्बन्धमा रहँदा महिलासँग खिचेका नग्न तस्वीर, भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–८ का २० वर्षीय पवन निसाद छन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो । सम्बन्ध बिग्रेपछि पीडित महिलाको तस्वीर, भिडियो सार्वजनिक गरिदिने भन्दै उनले ब्ल्याकमेलिङ गरेको आरोप छ।

पक्राउ परेका उनीमाथि साइबर कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर