Aamsanchar

शिवसताक्षीको जनआदर्श माविमा नयाँ भवनको शिलान्यास, भारत सरकारको ३ करोड सहयोग

Author Image
बिहिवार, असार १८, २०८३

झापा- शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय भवनको शिलान्यास भएको छ। आज कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालद्वारा संयुक्त रुपमा शिलान्यास गरिएको हो।

भारत सरकारको करिब ३ करोड रुपैयाँको लागतमा विद्यालय भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना झापाको शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। झापाको शिवसताक्षी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। साथै यो नयाँ पूर्वाधारले शिवसताक्षी नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरुका लागि सिकाइ वातावरण सुदृढ गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

नजिकका छिमेकीका रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।

 

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर