Aamsanchar

सुनको मूल्य ९०० रुपैयाँले घट्यो

Author Image
सोमवार, असार २२, २०८३

काठमाडौं – नेपाली बजारमा सोमबार (असार २२)सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम छ । आइतबार ९असार २१० छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ५८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो ।

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर