झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको २५ वर्ष सफलतापूर्वक पूरा गरेको विशेष अवसरमा आयोजित वार्षिकोत्सव समारोहमा झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ।
काठमाडौंमा आयोजित समारोहमा आर्थिक वर्ष २०८२/८३ मा साना किसान विकास लघुवित्तसँगको कारोबारमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई सम्मानसहित प्रशंसापत्र प्रदान गरिएको हो।
संस्थाको तर्फबाट अध्यक्ष सुवास भट्टराई र कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले उक्त सम्मान तथा प्रशंसापत्र ग्रहण गरेका छन्।
साना किसान विकास लघुवित्तले उत्कृष्ट कारोबार, वित्तीय अनुशासन तथा सहकार्यमा उल्लेखनीय योगदान पुर्याउने संस्थाहरूलाई वार्षिकोत्सवका अवसरमा सम्मान गर्ने क्रममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई समेत उत्कृष्ट संस्थाका रूपमा सम्मान गरेको जनाएको छ।

संस्थाले प्राप्त गरेको यस सम्मानले वित्तीय कारोबारमा पारदर्शिता, प्रभावकारी व्यवस्थापन तथा सदस्यमुखी सेवाप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको विश्वास गरिएको छ।



