Aamsanchar

दमककी कृतिसरालाई नगरपालिकाले गर्यो सम्मान

Author Image
सोमवार, असार २२, २०८३

झापा – २६औँ खुला तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय च्याम्पियन बनेकी दमककी कृतिसरा अधिकारीलाई दमक नगरपालिकाले सम्मान गरेको छ ।

नगरपालिकाको १९औँ नगरसभाको समापनको अवसरमा सोमबार अधिकारी सहित बिभिन्न खेलाडीहरुलाई सम्मान गर्नुभयो । नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले अधिकारीलाई सम्मानपत्रसहित ११ हजार रुपियाँसहित सम्मान गर्नु भएको हो ।

नगर प्रमुख थापाले राष्ट्रियस्तरमा दमकको नाम चिनाउन सफल भएको भन्दै कृतिसराको उपलब्धिले नगरका युवा खेलाडीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

हालै दमकमा सम्पन्न ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा कृतिसराले ८।५ अंक जोड्दै राष्ट्रिय च्याम्पियन बन्नुभएको थियो । आगामी सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा हुने ४६औँ चेस ओलम्पियाडका लागि नेपाली राष्ट्रिय टोलीमा उहाँ समावेश हुने बताईएको छ

झापा कै पूजा भण्डारी ७।५ अंकसहित दोस्रो बन्नुभएको थियो । उहाँलाई पनि सात हजार रुपियाँसहित नगरपालिकाले सम्मान गरेको छ । उहाँ उक्त कार्यक्रममा सहभागि नभएपछि उहाँको परिवारले उक्त सम्मान सहितको पुरुस्कार बुझेको थियो ।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर