Aamsanchar

सुनको भाउ घट्यो

Author Image
मङ्गलवार, असार २३, २०८३

काठमाडौं –  मंगलबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ।

अघिल्लो दिन २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो। गत मंगलबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ९ सय रुपैयाँ थियो।

चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ। अघिल्लो दिन ४ हजार ५८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५५५ रुपैयाँमा झरेको छ । यसअघि गत मंगलबार चाँदी ४ हजार २८५ रुपैयाँ थियो।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर