Aamsanchar

एमालेका सांसद राजेन्द्र राईले सभामुखलाई तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? भनेपछी….

Author Image
बुधवार, असार २४, २०८३

काठमाडौं – प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले बोल्न सुरु मात्र के गरेका थिए, सभामुख डोलप्रसाद अर्यालले भने, ‘माननीय सदस्य म तपाईंलाई त्यसभन्दा अगाडि नबढ्न निर्देशन दिन्छु ।’

सभामुख आफैंले समय दिएर किन रोके त सांसद राईलाई बोल्न ? सांसद राईले सभामुख र सभाको अवहेलना गरेको भन्दै सभामुख अर्यालले नबोल्न निर्देशन दिएका हुन् ।

सांसद राईले माइक हातमा लिनासाथ भनेका थिए, ‘सम्माननीय सभामुख महोदय, सभामुखलाई एउटा निवेदन गर्नु पर्‍यो । तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? सभामुखलाई यो निवेदन हो ।’

त्यसपछि सभामुख अर्यालले भने, ‘माननीय सदस्य आफ्नो भनाइ मर्यादामा बसेर राख्नु होला । माननीय सदस्यलाई म योभन्दा अगाडि बढ्न निर्देशन दिँदिनँ । समय दिँदैन, बस्नु्स् ।’

सांसदहरुले विरोध गरेपछि अहिले भने संसद केही समयका लागि स्थगित गरिएको छ ।

Views: 22

प्रतिक्रिया (०)