Aamsanchar

सांसद शम्भुप्रसाद ढकालले झापा, मोरङ, सुनसरी र धनकुटाका केही किसानसँग भेटघाट गर्दाको अनुभव सुनाए

Author Image
बुधवार, असार २४, २०८३

झापा – रास्वपा सांसद शम्भुप्रसाद ढकालले सरकारका सबै अंग जनताका लागि दुःख दिन परिचालित हुन् भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले कृषि तथा प्राकृतिक स्रोत समितिबाट झापा, मोरङ, सुनसरी र धनकुटाका केही किसानसँग भेटघाट गर्दा आएको अनुभव सुनाए ।

गाडीमा माछा, मौरी वा तरकारी लैजाँदा सडकमा ट्राफिकलाई खुसी बनाउनुपर्ने गुनासो आएको उनले बताए ।

मालपोत, नापी वा यातायात कार्यालयमा सेवा लिन जाँदा एक दिनको कामलाई तीन दिन लगाएर सास्ती दिने गरेको गुनासो आएको उनले सुनाए ।

तराईमा रासायनिक मल नभएको, सिचाईंका लागि मोटर चलाउन बत्ति नआएको, पंखा चलाउन नपाएको गुनासो आएको उनको भनाइ छ ।

उनले सम्बन्धित मन्त्रीहरूको जवाफ माग गरे । “के सरकारका सबै अंग जनताका लागि दुःख दिन परिचालित हुन् ? सरकारलाई यो कुरा थाहा छ कि छैन रु छैन भने ठिकै छ, थाहा होस्,” उनले भने, “सम्बन्धित उर्जा, गृह, कृषिलगायत सबै मन्त्रालयले यसको समाधानसहितको जवाफ मन्त्रालयबाटै दिउन्, यो जनताको चाहना हो ।”

Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर