
काठमाडौं – नेपाली बजारमाआज सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ।
बुधबार प्रतितोला दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज दुई हजार ४०० ले घटेको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार ३४० कायम भएको छ।
बुधबार प्रतितोलाचार हजार ५०० रहेको चाँदीको मूल्य आज १६० रुपैयाँ घटेको हो ।

Views: 9


