Aamsanchar

गत २४ घण्टामा सवारी कारबाहीबाट राज्यकोषमा १८ लाख ६० हजार रूपैयाँ बढी राजस्व जम्मा

Author Image
बिहिवार, असार २५, २०८३

काठमाडौं –  गत २४ घण्टामा दुई हजार ६६ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेको आरोपमा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा १८ लाख ६० हजार ३० रूपैयाँ राजस्व दाखिला भएको जनाएको हो । मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय २२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय २० र तीव्रगतिमा सवारीसाधन चलाएको आरोपमा १ सय १४ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४, सडकपेटीमा ‘पार्किङ’ गर्ने १ सय ३, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २ सय ३७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको हो ।

 

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर