बिर्तामोड । अपराधिक लाभ (एक्सटर्सन), शरीर बन्धक तथा संगठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा झापामा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वादी नेपाल सरकार र प्रतिवादी गंगा गिरीसमेत भएको मुद्दाको अनुसन्धानका क्रममा बिर्तामोड नगरपालिका–४ निवासी ४४ वर्षीय गंगा बहादुर गिरीलाई खोजतलास गर्ने क्रममा बिर्तामोड–३ स्थित बिर्ताबजारबाट २०८३ असार २५ गते पक्राउ गरिएको हो।
पक्राउ परेका गिरीलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रन्जन अवाले मुद्दासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान जारी रहेकाले थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जानकारी दिएका छन्।



Views: 74

