
झापा – झापा गाउँपालिका–३ कत्लामारी स्थित ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार राति करिब ०९:४० बजे झापा गाउँपालिका –०३ कत्लामारीमा प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 37AB 5859 नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गरिएको थियो ।
चेकजाँचका क्रममा देश भारत, किशनगञ्ज धनतोला मोहमारी बस्ने अंन्दाजी २२ वर्षीय एमडी फारुकको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५० ग्राम ५० मिलिग्राम फेला फेला परेको हो । उनलाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


Views: 80

