Aamsanchar

विश्वकप ब*हिष्कार गर्ने यूईएफएको चेतावनी

Author Image
शुक्रवार, साउन १५, २०८३

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताहरूको स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि बढाए युरोपेली फुटबल महासंघ(यूईएफए)ले विश्वकप बहिष्कार गर्ने निर्णय गरेको छ ।

यो निर्णय फिफाले यसै साताको सुरुमा सार्वजनिक गरेको प्रस्तावमाथि छलफल गर्न विहिबार बोलाइएको आकस्मिक बैठकमा यूईएफएका ५५ सदस्य संघहरूले विश्वकप बहिष्कार गर्ने पक्षमा मतदान गरेका छन् ।

उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ)ले बिहीबारको बैठकपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई आफ्ना ४१ सदस्यहरूले अस्वीकार गरेको जनाएको छ ।

कन्काकाफका सदस्य राष्ट्रहरूले पनि इन्फान्टिनोमाथिको विश्वास गुमाउँदै गएको स्रोतहरूले बीबीसीले जनाएको छ ।

युरोपेली फुटबल महासंघ(यूईएफए)ले यसअघि नै विज्ञप्तिमार्फत आफ्नो कडा विरोध स्पष्ट पारिसकेको थियो । बिहीबारको बैठकले त्यसप्रतिको असन्तुष्टिलाई अझ सशक्त रूपमा पुनः पुष्टि गरेको छ ।

विश्वकपलाई लगानीको वस्तुका रूपमा हेर्न नसकिने यूईएफएले बताएको छ । “यो फुटबलको सबैभन्दा ठूलो खेलकुदीय विरासतहरूमध्ये एक हो । यसलाई हरेक महाद्वीपका खेलाडी, राष्ट्रिय टोली र समर्थकहरूले पुस्तौँदेखि निर्माण गरेका हुन्,” यूईएफएले भनेको छ, “यसको कुनै पनि हिस्सा निजी लगानीकर्तालाई सुम्पनु हुँदैन । विश्वकप बिक्रीका लागि होइन ।”

यूईएफएको बहिष्कारमा पुरुष तथा महिला विश्वकपका साथै क्लब विश्वकपसहित फिफाका सबै प्रतियोगिता समावेश हुने बताइएको छ ।

यस अडानको पहिलो परीक्षण आगामी अक्टोबरमा महिला विश्वकपको प्लेअफ प्रतियोगिता आयोजना हुँदा हुने बीबीसीले जनाएको छ ।

यूईएफएको बैठकमा इंग्ल्यान्ड फुटबल संघ (एफए) की अध्यक्ष डेबी हेविट र प्रमुख कार्यकारी मार्क बुलिंगमले पनि सम्बोधन गरेको बताइएको छ ।

फिफाका आठ उपाध्यक्षमध्ये एक रहेकी हेविटलाई समेत अध्यक्ष जियानी इन्फान्टिनोले अघि बढाइरहेको यस योजनाबारे भइरहेको छलफलको पूर्वजानकारी नभएको बताइएको छ ।

Views: 90

प्रतिक्रिया (०)