Aamsanchar

काँकडभिट्टा नाकाबाट २४ अर्ब ५० करोडकाे पेट्रोलियम पदार्थ आयात

Author Image
आइतवार, साउन १७, २०८३

भद्रपुर – काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी)गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ । कार्यालयका प्रमुख शिवलाल न्यौपानेले डिजेल रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार र एलपिजी रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको बताए ।

आर्थिक वर्ष २०८१/८२ मा पेट्रोल रु आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल रु सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो ।

 

पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट रु दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको न्यौपानेले बताए।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर