Aamsanchar

दाङ : गढुवाका तत्कालीन अध्यक्षसहित पाँचजनाविरुद्ध भ्र*ष्टाचार मुद्दा

Author Image
मङ्गलवार, साउन १९, २०८३

काठमाडौं – दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत गरी पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष अहिर,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,तत्कालीन राजश्व शाखा प्रमुख शम्भु चौधरीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।

यस्तै आयोगले सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि बुटवल १३ रुपन्देही र उक्त कम्पनीका प्रबन्ध निर्देशक शहदेव खड्का र प्रतिनिधि विकास पुन भन्ने विरास पुनलाई मुद्दामा प्रतिवादी बनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा गढवा गाउँपालिकाको वडा नम्बर १ र २ को विभिन्न स्थानमा नदीजन्य पदार्थको संकलन तथा निकासीको टेन्डर गरेको र टेन्डर भएपछि ठेकेदारसँग आपसी मोलमोलाइ गरी सम्झौता नगरी कार्यालयबाट सहीछाप सहितको नगदी रसिद जारी गरी अनियमितता गरेको खुल्न आएपछि तत्कालीन वडाध्यक्षसहित पाँचजनाविरुद्ध आरोप( पत्र दायर भएको हो।

 

उनीहरूविरुद्ध जनही १ करोड ४१ लाख ५० हजार विगो र सजायको माग गरिएको छ।

Views: 57

प्रतिक्रिया (०)