Aamsanchar

मन्त्रिपरिषदको बैठक बस्दै

Author Image
बुधवार, साउन २०, २०८३

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

आज विहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

आजको बैठकमा सुनसरी घटनाको बारेमा छलफल हुनेछ। हिजो प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङलाई बोलाएर सुनसरी घटनाको ब्रिफिङ लिएका थिए। मृतकको परिवारलाई राहत र घाइतेको उपचारका बारेमा सरकारले थप निर्णय लिन सक्ने जनाइएको छ।

सुनसरी घटनमा तीन जनाले ज्यान गुमाएका छन्। यस्तै सिरहामा हिंसा भड्किँदा एक जनाको मृत्यु भएको छ। यस्तै आजको बैठकमा केही नियुक्ति हुन सक्ने जनाइएको छ।

Views: 44

प्रतिक्रिया (०)