Aamsanchar

सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढ्यो

Author Image
बुधवार, साउन २०, २०८३

काठमाडौं – नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी ९५ रुपैयाँले बढेको हो।

महासंघका अनुसार मूल्य वृद्धि भएसँगै प्रतितोला सुनको भाउ २ लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० पुगेको थियो।

यसैगरी प्रतितोला चाँदीको मूल्य ४ हजार ४७५ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३८० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ४ हजार १२७ र चाँदीको मूल्य प्रतिऔंस ६० अमेरिकी डलर कायम भएको छ

Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर