Aamsanchar

दाङका सामुदायिक वनबाट ५५ नाल भरुवा ब*न्दुक बरामद

Author Image
बुधवार, साउन २०, २०८३

काठमाडौं  –  प्रहरीले दाङका विभिन्न सामुदायिक वन क्षेत्रमा लुकाइछिपाइ राखिएकाबाट ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीहरूले साउन १६ देखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा खोजतलास गरिएको थियो ।

खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ का हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ४८ थान भरुवा बन्दुकका नाल बरामद गरिएको छ ।

यस्तै, लमही नगरपालिका–९, तरुलियास्थित बिरह सामुदायिक वनबाट थप सात नाल भरुवा बन्दुक बरामद गरिएको जनाइएको छ ।

बरामद गरिएका सबै भरुवा बन्दुकका नाल बेवारिसे अवस्थामा फेला परेका हुन् ।

Views: 14

प्रतिक्रिया (०)