
काठमाडौँ – मन्त्रिपरिषद् बैठकले बुधबार विभिन्न सात निर्णय गरेको छ।
–तथ्यांक पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
–लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा यांकी उक्याब ९काठमाडौँ०लाई नियुक्त गर्ने।

–नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने ।
–पशु बधशाला र मासु जाँच ऐन २०५५ चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने।
–बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक २०८३ संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
–विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राडा खड्गबहादुर केसी ९पर्वत० र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ ९भोजपुर० लाई नियुक्ति गर्ने।
–सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने।


