Aamsanchar

अष्ट्रेलियन टप एण्ड टी–२० सिरिज : नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग खेल्ने

Author Image
बुधवार, साउन २०, २०८३

काठमाडौं – अष्ट्रेलियन टप एण्ड टी–२० सिरिजको तालिका सार्वजनिक भएको छ । अष्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने यो प्रतियोगिता अगष्ट २१ देखि ३० सम्म हुनेछ । डार्विनमा हुने यस प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्ने छ ।

नेपालले लिगको पहिलो खेलमा एनटी स्ट्राइकसँग खेल्ने छ । यस प्रतियोगिताका लागि नेपालको टोली भने घोषणा भएको छैन । यस प्रतियोगितामा नेपालले अघिल्लो संस्करणमा पनि सहभागिता जनाएको थियो । जसमा लिग चराणको ६ खेलमा नेपालले २ खेलमा जित दर्ता गरेको थियो ।

नेपालको खेल तालिका :

अगष्ट २१ :एनटी स्ट्राइक भर्सेस नेपाल
अगष्ट २२ : बंगलादेश भर्सेस नेपाल
अगष्ट २४ : हुरिकेन्स भर्सेस नेपाल
अगष्ट २६ : एक्ट कमेट्स भर्सेस नेपाल
अगष्ट २७ : किंग्स मेन भर्सेस नेपाल
अगष्ट २९  :भिक्टोरिया भर्सेस नेपाल

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर