
झापा ।पुष्पलाल इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने निर्णय गरेको छ।
कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आइपीओ जारी गर्ने निर्णय गरेको हो। कम्पनीका अध्यक्ष एलपी सावाँका अनुसार आइपीओमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्य राखिएको छ।
आइपीओ निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदनका लागि कम्पनीले भदौ १३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि आवश्यक नियामकीय स्वीकृति प्राप्त गरी आइपीओ निष्कासन प्रक्रिया अघि बढाइने अध्यक्ष सावाँले जानकारी दिए।

कम्पनीको अधिकृत पूँजी एक अर्ब रुपैयाँ मात्र रहेछ ।
पुष्पलाल इन्भेस्टमेन्टको आइपीओ घोषणासँगै नेपाली पूँजी बजारमा नयाँ लगानीको अवसर थपिने अपेक्षा गरिएको छ। हाल भने आइपीओ निष्कासनका लागि आवश्यक नियामकीय स्वीकृतिपछि मात्र आवेदन प्रक्रिया सुरु हुनेछ।


