Aamsanchar

टाङ्गटिङ खोलाले बगाउँदा एकजना वृद्धको मृ*त्यु

Author Image
बिहिवार, साउन २१, २०८३

झापा- टाङ्गटिङ खोलाले बगाउँदा एकजना वृद्धको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका —१ निवासी ६८ बर्षिय पदमबहादुर थेगिम लिम्बुको स्थानीय टाङटिङ नदीले बगाउँदा मृत्यु भएको हो ।

लिम्बु बुधवार विहान अर्जुनधारा नगरपालिका —२ स्थित आफन्तको घर जाने भन्दै घरबाट निस्किएको र त्यसपछि सम्पर्कविहीन हुनुभएको उहाँका आफन्तको भनाइ छ । खुदुनावारी शनिश्चरे सडकखण्डस्थित टाङटिङ नदीको पुलभन्दा केही मिटर तल खोलाको किनारमा मृतक लिम्बुको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लिम्बुको शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । घटना वारेमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Views: 46

प्रतिक्रिया (०)