
काठमाडौं – रौतहटको चन्द्रपुर नगरपालिका–४, धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेकोे ट्यांकर पल्टिएर भएको आगलागी नियन्त्रणमा लिइएको छ । सशस्त्र र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार, बिहीबार बिहान बाराको अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर मृग जोगाउने क्रममा अनियन्त्रित भई सडकछेउमा पल्टिएको थियो । दुर्घटनापश्चात् उक्त ट्यांकरमा आगलागी भएको थियो ।
उक्त आगलागीबाट मानवीय क्षति केही नभएको र ट्यांकर पूर्ण रूपमा जलेकोे सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।


Views: 115

