Aamsanchar

झापा, इलाम, पाँचथर र ताप्लेजुङमा भाेली शनिबार १२ घण्टासम्म बिजुली नआउने

Author Image
शुक्रवार, साउन २२, २०८३

झापा  – पूर्वका ५ वटा जिल्लामा भोलि शनिवार १२ घण्टासम्म बिजुली नआउने भएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा भोलि बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौन टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत् सेवा कटौती गर्न लागिएको आयोजनाले जनाएको छ ।

सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रङ्गेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुने आयोजनाका प्रमुख दर्शन राय यादवले बताउनुभयो ।

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर