Aamsanchar

दाङमा एम्बुलेन्स दु*र्घटना

Author Image
आइतवार, साउन २४, २०८३

दाङ – तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ ।

शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्य चौकीको रा १ झ २११ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

तुलसीपुर–९ निवासी अनिल पुनका डेढ महिने शिशुलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको परिवारले जनाएको छ ।

दुर्घटनाका क्रममा शिशु आमाको हातबाट झरेर एम्बुलेन्सको सिटमुनि पुगेको र त्यहाँबाट निकालिएको परिवारको भनाइ छ ।दुर्घटनापछि शिशुलाई अर्को एम्बुलेन्समार्फत नेपालगञ्ज लगिएको थियो ।

थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको परिवारले जनाएको छ । दुर्घटनामा अन्य तीन जना सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार शिशुको मृत्यु बिरामीका कारण भएको हो वा एम्बुलेन्स दुर्घटनाका कारण भन्ने विषयमा यकिन भइसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर