झापा । युटन इन्टरनेशनल प्रालिले झापाको अर्जुनधारामा नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। अर्जुनधारा नगरपालिका–११ स्थित नयाँ बसपार्कमा आइतबारदेखि बिक्री केन्द्र सञ्चालनमा आएको हो।
पुष्प कुरुम्बाङले सञ्चालनमा ल्याएको बिक्री केन्द्रको उद्घाटन युटन इन्टरनेशनल प्रालिका मार्केटिङ डाइरेक्टर अर्जुन गिरीले गरेका हुन्। यो बिक्री केन्द्र युटनको देशभरको ४१६औँ बिक्री केन्द्र रहेको कम्पनीले जनाएको छ।


भक्तपुरमा मुख्य कार्यालय रहेको युटनले ७० भन्दा बढी दैनिक उपभोग्य वस्तु उत्पादन गर्दै आएको छ। कम्पनीका अनुसार युटन विशुद्ध नेपाली वस्तु उत्पादन गर्ने व्यावसायिक प्रतिष्ठान हो।
मौरीको महबाट उत्पादित छ प्रकारका औषधीय सामग्री, जडीबुटीजन्य उत्पादन, भान्छा तथा घरायसी सामग्री र सौन्दर्य सामग्री युटनका प्रमुख उत्पादनमा पर्छन्।



बजारमा मिसावट तथा अखाद्य वस्तुका कारण उपभोक्ता ठगिने गरेको भन्दै युटनले आफ्ना उत्पादन गुणस्तरीय र सुरक्षित रहेको दाबी गरेको छ। उपभोक्तालाई व्यवसायी बन्ने अवसरसमेत प्रदान गर्ने अवधारणासहित अघि बढेको युटनले नेपाली बजारमा सकारात्मक प्रभाव छोड्न सफल भएको जनाएको छ।
झापामा मात्रै युटनका करिब १५० वटा बिक्री केन्द्र सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
औपचारिक समारोहबीच बिक्री केन्द्रको शुभारम्भ गरिएको कार्यक्रममा युटन अर्जुनधाराका प्रमुख दीर्घ मगरले कार्यक्रम सञ्चालन गरेका थिए।


