Aamsanchar

सुनचाँदीको मूल्यमा उच्च वृद्धि

Author Image
मङ्गलवार, साउन २६, २०८३

काठमाडौं  –  नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। आज एकैदिन सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदी तोलामा ११० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४०६ दशलमव ५३ अमेरिकी डलर र चाँदी ६५ दशलमव ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर